काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङसँग पोखराको फेवाताल किनार स्थित २० रोपनी जग्गा प्रकरण बारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले उक्त विषय व्यक्तिगत नभई जनचासोको मुद्दा भएको उल्लेख गर्दै गृहमन्त्रीलाई पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्न चुनौती दिएका हुन्। साम्पाङले सो प्रकरणले नैतिकताको प्रश्न उठाएको उल्लेख गर्दै यसबारे स्पष्टता नआए जनविश्वासमा असर पर्ने बताएका छन।
उनले जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिनुपर्ने तथा भदौ २४ गतेको घटनाको समेत छानबिन हुनुपर्ने आफ्ना पुराना माग दोहोर्याएका छन्।
फेवाताल किनारको जग्गा सम्बन्धी समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। उक्त विषयमा गृहमन्त्री गुरुङले अहिले सम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।
यस्तो छ स्टाटस:






