काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ माथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक सूचना र अभिव्यक्तिहरु नफैलाउन सबैलाई अनुरोध गरेका छन्।
बले माथि अमेरिका बाट एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् र त्यस पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। यद्यपि प्रहरीका अनुसार हाल सम्म कुनै जाहेरी दर्ता नभएका कारण अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट पाँच दिनको म्याद लिइएको छ।





