काठमाडौ। निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच राजनीतिक संवाद तीव्र बनेको छ। ललितपुरको कुपण्डोलमा एक निजी स्थानमा भइरहेको यो वान–टु–वान वार्तालाई आगामी राजनीतिक सहकार्य वा नयाँ दिशाको संकेतका रूपमा हेरिएको छ।
धरौटीमा रिहा भएपछिको सक्रियता देखाइरहेका लामिछाने र दल खोल्ने वा सहकार्य गर्ने दुविधामा रहेका बालेनबीचको छलफलले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ। यस अगाडि पनि दुई जनाबिच छलफल भएको थियो





