काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्।
मोदीले सामाजिक सञ्जाल मार्फत आफूले लामिछाने र शाहसँग छुट्टाछुट्टै संवाद गरेको जानकारी दिएका हुन्। उनले नेपालमा सम्पन्न हालैको निर्वाचनमा लामिछानेको विजय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय सफलता प्रति बधाई व्यक्त गरेका छन्।
वार्ताका क्रममा मोदीले दुवै नेतालाई नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग पारस्परिक समृद्धि, विकास र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले आगामी दिनमा भारत-नेपाल सम्बन्ध अझ सुदृढ र उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै संयुक्त प्रयासबाट द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने उल्लेख गरेका छन्।






