समाचार

समानुपातिक तर्फ पनि रास्वपाको दबदबा, ५७ सीट, अरुको के कति ?

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणाली तर्फ दलहरूले पाउने सीट सङ्ख्या सार्वजनिक गरेको छ। कुल सदर मत मध्ये तीन प्रतिशत थ्रेसहोल्ड कटाएका छ वटा दल बीच ११० सीट बाँडफाँट गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले ५१ लाख ८३ हजारभन्दा बढी मत प्राप्त गर्दै समानुपातिक तर्फ ५७ सीट जितेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १७ लाख ५९ हजारभन्दा बढी मतसहित २० सीट प्राप्त गरेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार भन्दा बढी मत पाएर १६ सीट हात पारेको छ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ९ सीट पाएको छ भने पहिलो पटक निर्वाचनमा भाग लिएको श्रम संस्कृति पार्टी ले ४ सीट जितेको छ।

३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने अन्तिम दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी ले पनि ४ सीट प्राप्त गरेको आयोगले जनाएको छ।

सेयर गर्नुहोस् :