काठमाडौं। विद्यालयहरूले भर्ना तथा विभिन्न शीर्षकमा मनलाग्दी शुल्क असुल गरेको गुनासो बढेपछि सरकारले अनुगमन गर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै अवैध शुल्क असुलीको छानबिन गरी तत्काल कारबाही अघि बढाउन निर्देशन दिएको छ।
केन्द्रले विभिन्न विद्यालयहरूले शिक्षा ऐन र नियमविपरीत चर्को शुल्क असुल गरिरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्थानीय तहसँग समन्वय गरी प्रभावकारी अनुगमन गर्न र प्राप्त गुनासोको तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको छ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै निजी तथा सामुदायिक विद्यालयमा शुल्क असुलीका विषयमा अभिभावकहरूबाट लगातार गुनासो आइरहेको छ।





