समाचार

५५ वर्षीय शिक्षक जगतबहादुर कुँवर २५ दिनदेखि बेपत्ता

अछाम:अछामको साँफेबगर नगरपालिका–३ निवासी तथा हाल अनामनगर, काठमाडौं बसोबास गर्दै आएका ५५ वर्षीय शिक्षक जगतबहादुर कुँवर असार १७ गते बिहान करिब ५ बजे मर्निङ वाकका लागि निस्किएपछि हालसम्म पनि सम्पर्कविहीन छन्। कुँवरको परिवारका अनुसार उहा सोही दिन बेलुकाको एक CCTV फुटेजमा कुरिनटार क्षेत्र हुँदै चितवनतर्फ पैदल जाँदै गरेको देखिएका थिए। तर, त्योपछि उहाको कुनै अत्तोपत्तो छैन। शिक्षक कुँवरको एक्कासि सम्पर्क विहीन हुनुले परिवार अत्यन्त चिन्तित र आत्तिएको छ। खोजीको प्रयास जारी रहे तापनि हालसम्म कुनै ठोस जानकारी फेला परेको छैन।

यदि तपाईंले उहालाई देख्नुभएको छ, वा उहा बारे केही जानकारी राख्नुहुन्छ भने तत्काल तलका नम्बरहरूमा जानकारी गराउन उहाको परिवार र आफन्तजनले हार्दिक अनुरोध गरेका छन्।

९८५८०५५३३० / ९८४१५१३५७३ / ९८६८५२०८७४ / ९८५१०१२११८

सेयर गर्नुहोस् :