प्रविधि

राष्ट्रिय एआई नीति मन्त्रिपरिषद् बाट स्वीकृत

काठमाडौं :नेपाल सरकारले पहिलोपटक AI सम्बन्धी राष्ट्रिय नीति स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले National AI Policy 2082 अनुमोदन गरेको हो। यस नीतिअनुसार नेपालमा AI Council र National AI Center स्थापना गरिनेछ। साथै Data Security, Fake News Control, High-Speed Internet, Data Center, Cloud Infrastructure, शिक्षा क्षेत्रमा AI Curriculum र Startup Support जस्ता कार्यक्रम सञ्चालन गरिनेछन्।

सरकारले यस नीतिको उद्देश्य नेपालमा एआई प्रविधिको संरचित र दिगो विकास सुनिश्चित गर्ने रहेको स्पष्ट पारेको छ। नीति कार्यान्वयन भएपछि सूचना प्रविधि क्षेत्रमा नयाँ अवसर सिर्जना हुने र डिजिटल रूपान्तरणको गति तीव्र हुने अपेक्षा गरिएको छ। डिजिटल समाधानका अनुसार, यो नीति नेपाललाई अन्तर्राष्ट्रिय प्रविधि प्रतिस्पर्धामा अगाडि बढाउने ऐतिहासिक कदमका रूपमा लिइएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :