प्रविधि समाचार

पुराना एन्ड्रोइड फोनमा सेप्टेम्बर २०२६ देखि ह्वाट्सएप सेवा बन्द हुने

काठमाडौं। ह्वाट्सएपले २०२६ को सेप्टेम्बरदेखि पुराना एन्ड्रोइड मोबाइल उपकरणहरूमा आफ्नो सेवा बन्द गर्ने भएको छ। प्राविधिक जानकारीअनुसार ८ सेप्टेम्बर २०२६ पछि एन्ड्रोइड ६.० (मार्शमेलो) भन्दा पुराना संस्करणमा चल्ने फोनहरूमा ह्वाट्सएप सञ्चालन हुने छैन।

यस निर्णय सँगै एन्ड्रोइड ५.० र ५.१ जस्ता पुराना अपरेटिङ सिस्टम प्रयोग गर्ने स्मार्टफोनहरू ह्वाट्सएपको न्यूनतम प्रणाली आवश्यकतासँग असंगत हुनेछन्। परिणामस्वरूप ती उपकरणहरूमा एपको अद्यावधिक, सुरक्षा सुधार तथा सामान्य सेवा निरन्तरता उपलब्ध हुनेछैन।

कम्पनीले यो कदम प्रविधिगत अनुकूलता कायम राख्न तथा सुरक्षा र कार्यक्षमता सुधार गर्न आवश्यक रहेको जनाएको छ। प्रभावित प्रयोगकर्तालाई आफ्ना च्याट डाटाको ब्याकअप सुरक्षित गर्न र सम्भव भएमा नयाँ एन्ड्रोइड संस्करणयुक्त उपकरणमा स्थानान्तरण गर्न सुझाव दिइएको छ। यस निर्णयबाट विश्वभरका केही पुराना स्मार्टफोन प्रयोगकर्ताहरू प्रभावित हुने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस् :