प्रविधि समाचार

नेपालमा इन्टरनेट पहुँच १४४% पुग्दा पनि डिजिटल विभाजनको चुनौती काय मै

काठमाडौं। नेपालमा इन्टरनेट सब्सक्रिप्सन दर जनसंख्याको करिब १४४ प्रतिशतभन्दा माथि पुगेको तथ्याङ्कले देखाएको छ, जसले पहुँच विस्तारमा उल्लेखनीय वृद्धि संकेत गर्छ। यद्यपि, कुल प्रयोगकर्तामध्ये करिब ९६ प्रतिशतले मोबाइल फोनमार्फत इन्टरनेट प्रयोग गर्ने गरेको पाइन्छ, जसले फिक्स्ड ब्रडब्यान्ड पहुँच सीमित रहेको अवस्था देखाउँछ। साथै, करिब ४४ प्रतिशत जनसंख्या अझै इन्टरनेट सेवाबाट वञ्चित रहेको तथ्य पनि सार्वजनिक गरिएको छ।

भौगोलिक असमानता, ग्रामीण–शहरी विभाजन, पूर्वाधारको कमी र डिजिटल साक्षरताको न्यून स्तरका कारण देशमा डिजिटल खाडल अझै गहिरिँदै गएको छ। इन्टरनेट प्रयोगको ठूलो हिस्सा मनोरञ्जनमा सीमित रहेको तथा यसको उत्पादनशील उपयोग कमजोर रहेको विश्लेषणमा उल्लेख छ।

यसैबीच, अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ ले प्रविधिको पहुँच बढे पनि यसको उत्पादकत्व र गुणस्तरमा भने ठुलो खाडल देखिएको उल्लेख गरेको छ। यसले डिजिटल पहुँचसँगै प्रभावकारी उपयोग र समावेशी विकासमा नीति सुधार आवश्यक रहेको संकेत गर्छ।

सेयर गर्नुहोस् :