डडेल्धुरा : डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडक खण्डमा से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल जंगलमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार घाइतेको उद्धार कार्य जारी छ र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउने तयारी भइरहेको छ। मृतकहरूको सनाखत भने अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।





