काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारी आह्वान गरेको छ। चितवनको सौराहामा सम्पन्न दुईदिने विस्तारित बैठकले उम्मेदवार छनोटका लागि रूपरेखा तयार गर्दै आजैदेखि आवेदन खुला गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिन कुमार आचार्यले तयार पारेको रूपरेखा अनुसार समानुपातिक उम्मेदवारी आह्वान गरिएको छ।
बैठकले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका सदस्यहरूलाई यसपटक उम्मेदवार बन्न नपाउने निर्णय पनि गरेको छ। यस निर्णयलाई पार्टीले नयाँ पुस्ता र नयाँ नेतृत्वलाई अवसर दिने प्रयासका रूपमा व्याख्या गरेको छ।
यस्ता छन् रास्वपाका मापदण्ड :






