राजनीति

उज्यालो नेपाल पार्टीको घोषणा सभामा उर्जामन्त्री कुलमान उपस्थित हुने

काठमाडौं:उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंको प्रज्ञा भवनमा आफ्नो आधिकारिक घोषणा सभा गर्ने भएको छ। पार्टी नेता महेन्द्र लावतीका अनुसार उक्त कार्यक्रमलाई विशेष बनाउँदै वर्तमान उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहने छन्।

लावतीका अनुसार सभामा उज्यालो नेपाल पार्टीले दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्नेछ। उनले विभिन्न राजनीतिक शक्तिहरूसँग सहकार्य र सम्भावित एकता प्रक्रिया बारे पनि उक्त सभामै थप खुलासा गरिने बताए।

यस अघि उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ बीच आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति भइसकेको छ। अन्य दल तथा समूहसँग पनि सहकार्यका सम्भावनामा छलफल जारी रहेको बताइएको छ।

सेयर गर्नुहोस् :