काठमाडौ। प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंसिर २३ गते दायर भएको उक्त रिट बुधबार संवैधानिक इजलासमा सुनुवाइका लागि परेको थियो।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। कांग्रेसले संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक सिफारिसका आधारमा संसद् विघटन गरिएको दाबी गर्दै प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग गरेको छ।




