समाचार

बाजुराको बुढीगंगा नगरपालिकामा भ्रष्टाचार प्रकरण, मेयर सहित १४ जनाविरुद्ध मुद्दा दर्ता

बाजुरा। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

मुद्दा दर्ता हुनेमा तत्कालीन मेयर दीपकविक्रम शाह, तत्कालीन प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी, भिमराज गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्तबहादुर थापा, जाग्रिति/एम.के/नेपाल जेभी सञ्चालक पुष्कर रोकाया र सुरतबहादुर शाह रहेका छन्।

नगरपालिकाको भवन निर्माण प्रक्रियामा अनियमितता र भ्रष्टाचार गरी सरकारी रकम हिनामिना गरिएको ठहर गर्दै अख्तियारले प्रतिवादी प्रत्येक जना विरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो कायम गरेको छ।

सेयर गर्नुहोस् :