समाचार

कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा माग्नुभएको छ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले उनीहरू राजनीतिक दलसँग आबद्ध भएपछि सरकारको निष्पक्षता र विश्वसनीयता माथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो। वर्तमान सरकार निष्पक्ष निर्वाचन गराउने उद्देश्यका साथ गठन भएकाले मन्त्रीहरू दलगत राजनीतिमा संलग्न हुनु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ।

रास्वपासँग दल एकता र समर्थनका गतिविधिका कारण सरकारलाई दल विशेषको सरकार भनेर बुझिने अवस्था आएको भन्दै प्रधानमन्त्रीले पद त्याग गरेर सहयोग गर्न अनुरोध गर्नुभएको छ।

सेयर गर्नुहोस् :