राजनीति

उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न आयोगमा निवेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

उज्यालो नेपालले कात्तिक ३० गते दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीको नाम र बाँसुरी चुनाव चिह्न प्रयोग गरी सूची बुझाएको हो। दुवै पार्टीबीच समानुपातिक सूचीमार्फत अघि बढ्दै पार्टी एकता गर्ने समझदारी भएको र त्यसबारे छलफल जारी रहेको जनाइएको छ।

सेयर गर्नुहोस् :