समाचार

चुनाव नजिकिँदै: उम्मेदवारी फिर्ता, अन्तिम नामावली र चुनाव चिह्न आजै

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ४१ दिन मात्र बाँकी रहेको छ। निर्वाचन तालिका अनुसार आज उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरण गर्ने प्रक्रिया पूरा हुँदैछ।

आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

२१ फागुनमा हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि माघ ६ गते देशभर उम्मेदवारी दर्ता गरिएको थियो। देशभरका १६५ निर्वाचन क्षेत्र मा कुल ३,४८६ उम्मेदवारी दर्ता भएका छन्, जसमा ३,०८९ पुरुष, ३९६ महिला र १ जना अन्य उम्मेदवार छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणाली र ११० सिट समानुपातिक प्रणाली मार्फत चयन हुनेछन्।

सेयर गर्नुहोस् :