काठमाडौ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूसँग सार्वजनिक तथा लाइभ पब्लिक डिबेट गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने पक्षबिच स्पष्ट बहस आवश्यक भएको उल्लेख गर्दै विगतमा गरेका काम, आगामी योजना र रोडम्याप जनतामाझ खुला रूपमा प्रस्तुत गर्न तयार रहेको बताएका छन्।
ओली झापा–५ बाट उम्मेदवार छन्, जहाँ रास्वपाका बालेन्द्र शाहसँग प्रतिस्पर्धा छ भने नेपाली कांग्रेसका गगन थापा सर्लाही–४ बाट उम्मेदवार छन्।
पछिल्लो समय यी तीन नेताबीच एउटै मञ्चमा प्रत्यक्ष बहस गराउनुपर्ने माग सामाजिक सञ्जालमा बढ्दै गएको छ, जसलाई ओलीले सकारात्मक रूपमा स्वीकार गरेका छन्।
यस्तो छ उनको स्टाटस






