समाचार

ओम प्रकाश रावल, इतिहास रच्ने कि पुरानै खेल ?

अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अछाम जिल्ला सभापति तथा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओम प्रकाश रावलले सामाजिक सञ्जाल मार्फत मतदातासँग इतिहास रच्ने अवसर नछुटाउन आग्रह गरेका छन्।

रावलले आफ्नो सामाजिक सञ्जाल स्टाटसमा अछामवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी, बाज्या बज्यै तथा युवा साथीहरूलाई सम्बोधन गर्दै यस पटकको निर्वाचनलाई सामान्य हार जितको खेलका रूपमा मात्र नलिन आग्रह गरेका छन्। उनले आफूलाई मतदान गरे अछामले देशकै सबैभन्दा कान्छो सांसद पाउने बताएका हुन ।

सामाजिक सञ्जालमा लेखिएको सन्देशमा रावलले जेन-जी तथा समग्र युवाहरू, भुइँमान्छे, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा, विपन्न तथा गरिब वर्गहरूको साझा प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यस्ता समुदायको आवाज संसदमा पुर्याउने उद्देश्य सहित आफू चुनावी मैदानमा रहेको उल्लेख गरेका छन्।

परिवर्तन र नयाँ राजनीतिक अभ्यासको आवश्यकता औंल्याउँदै रावलले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न आह्वान गरेका छन्। “जय देश, जय घण्टी” भन्ने नारासहित उनले मतदातालाई घण्टी चिन्हमा भोट गर्न अनुरोध गरेका छन्।

सेयर गर्नुहोस् :