समाज

जेनजी आन्दोलन सम्बन्धी बीबीसी डकुमेन्ट्री हटाउन आग्रह, निर्वाचन आयोगको प्रेस काउन्सिललाई पत्र

काठमाडौ। निर्वाचन आयोगले भदौ २३ र २४ गते भएको “जेनजी आन्दोलन” सम्बन्धी BBC द्वारा प्रकाशित डकुमेन्ट्री हटाउन आग्रह गर्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा उक्त सामग्रीले निर्वाचन आचारसंहिता, शान्ति, सुरक्षा र निर्वाचन वातावरणमा असर पार्न सक्ने ठहर गरेको छ।

बीबीसी आई इन्भेस्टिगेसनले “Shot Like Enemies” शीर्षकमा करिब ४२ मिनेटको डकुमेन्ट्री सार्वजनिक गर्दै जेनजी आन्दोलनका क्रममा भएको हिंसा, सुरक्षा निकायको बल प्रयोग र त्यस क्रममा ७७ जनाको मृत्यु बारे अनुसन्धान प्रस्तुत गरेको दाबी गरेको छ। डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको ‘पिटर–१’ कल साइन मार्फत घातक बल प्रयोगको आदेश सँग सम्बन्धित भनिएको प्रहरी रेडियो लग तथा निहत्था प्रदर्शनकारी माथि गोली चलाइएको दाबी गरिएको छ।

उक्त आन्दोलन पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको र त्यसले ठूलो राजनीतिक परिवर्तन निम्त्याएको डकुमेन्ट्रीमा उल्लेख छ। वर्ल्ड सर्भिस र बीबीसी नेपाली सेवाले डकुमेन्ट्री अंग्रेजी र नेपाली दुवै भाषामा प्रसारण गरेका छन।

सेयर गर्नुहोस् :