काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बुधबार पनि बढेको छ। लगातार वृद्धि हुँदै आएको सुनको भाउ आज ९०० रुपैयाँले वृद्धि भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन मंगलबार मात्रै ५ हजार २०० रुपैयाँले वृद्धि भएको सुन आज थप ९०० ले बढेर प्रति तोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ थियो।
सुनसँगै चाँदीमा पनि वृद्धि भएको छ। बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य ३ हजार २०० रुपैयाँ थियो।





