समाचार

बालेन्द्र शाहको अनुमतिबिना हेलिकोप्टर प्रयोग बारे फैलिएको समाचार असत्य

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको भन्ने समाचार भ्रामक रहेको पुष्टि भएको छ।

निर्वाचन आयोगले शाहलाई २० फागुन मै हेलिकोप्टर प्रयोगका लागि औपचारिक स्वीकृति दिएको जनाएको छ। रास्वपाले वनस्थलीस्थित केन्द्रीय कार्यालयमार्फत आयोगमा निवेदन पेस गरेपछि आयोगले २१ फागुनका लागि काठमाडौँ-झापा रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको थियो।

निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गर्दै अनुमति नलिई हेलिकोप्टर प्रयोग गरिएको दाबी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भए पनि आयोगको निर्णय अनुसार नै उक्त अनुमति दिइएको तथ्य पुष्टि भएको छ।

सेयर गर्नुहोस् :