समाचार

झापा-५ बाट निर्वाचित बालेन शाहले बुझाए चुनावी खर्च विवरण

काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्।

आयोगमा बुझाइएको विवरण अनुसार साहले सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ खर्च गरेका छन् भने हवाई भाडामा ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। यस्तै, मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाना खर्च २९ हजार ३९० रुपैयाँ र वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७० रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

त्यसैगरी, प्रचार-प्रसार कार्यक्रम सञ्चालनका लागि मात्रै ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

शाहले आयोगमा बुझाएको विवरणमा सबैभन्दा कम खर्च भने मनोनयन दर्ता प्रक्रियामा १० हजार रुपैयाँ भएको उल्लेख छ।

सेयर गर्नुहोस् :