काठमाडौ। चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले चुनावमा कुल ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको बताएका छन्।
उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।
यस्तै मतदाता प्रशिक्षणका लागि खाजा खर्च १४ हजार २ सय रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ, प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ र ब्यानर-स्टिकरमा ५५ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।
त्यसैगरी खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ, हवाई खर्च १३ हजार ६ सय २६ रुपैयाँ र गोष्ठी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको उनले निर्वाचन आयोगलाई बुझाएको विवरणमा उल्लेख गरेका छन्।





