समाचार

अछामी युवाहरूको प्रश्न : “कहिले बल्छ अछाममा बिजुली ?”

काठमाडौं :अछामका युवाहरूले विद्युत विस्तारको माग गर्दै काठमाडौंको माइतीघरमा लाल्टिन बालेर प्रतीकात्मक प्रदर्शन गरेका छन्।

कमलबजार नगरपालिका–७ का क्वालेख, जामा, फल्टाने, सुनदेवी, छडानदेवी लगायतका बस्ती अझै अध्यारोमै रहेकाले युवाहरूले ‘४ हजार परिवारलाई उज्यालो’ माग गर्दै सडकमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागीहरूले अछामी भाषामा लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध गरेका थिए। उनीहरूले अधुरा पोलमा तार जोड, ४ हजार परिवारको उज्यालोको अधिकार खोल, अछाम अध्यारो भयो, तम कन चैन छ, कैकीलाई सरकारलाई आयो, हामी कि हैन छ, भुलु रहफ र बलायता, कहिले बल्छ बिजुली ?’जस्ता नारा लगाउँदै सरकार र विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनकारीहरूको भनाइमा दशकौँदेखि अध्यारोमा बस्न बाध्य परिवारलाई अझ प्रतीक्षा गराउन नहुने र तत्काल विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

सेयर गर्नुहोस् :