समाचार

रास्वपाका नेता लेखजंग थापाले सार्वजनिक गरे डिभोर्सको कागज

बुटवल : रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो पत्नीसँगको सम्बन्धविच्छेदको आधिकारिक कागज सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा भएको सम्बन्ध विच्छेदको फैसला र मिलापत्र सार्वजनिक गरेका हुन्। सो निर्णय न्यायाधीश उमेश कोइरालाको इजलाशमा भएको हो।

डा. थापाले लेखेका छन्, “परिस्थितिका कारण दुई पटक विवाह गरेको कुरा सत्य हो। त्यति नै सत्य मेरो पहिलो पत्नी सँगको सम्बन्ध विच्छेद पनि हो। तर, सम्बन्ध विच्छेद भए पनि हाम्रो सन्तान छ, जसको म अझै बाबा हुँ।” उनलाई रुपेन्देही – ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार घोषणा गरेपछी उनको वैबाहिक सम्बन्धको बारेमा प्रश्न उठेको थियो ।

सेयर गर्नुहोस् :