समाचार

धनुषा-१ का उम्मेदवार किशोरी साहको पक्षमा सर्वोच्चको आदेश

काठमाडौ। सर्वोच्च अदालतले किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।

कर्जा सूचना केन्द्र ले कालोसूचीमा राखेपछि निर्वाचन आयोग नेपाल ले धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको थियो। अदालतको आदेशपछि उनको उम्मेदवारी कायम रहने बाटो खुलेको छ। तर त्यो क्षेत्रमा भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मात्रिका यादव निर्वाचित भइसकेका छन्।

सेयर गर्नुहोस् :