समाचार

एसईई परीक्षा भोलिदेखि सुरु, उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण, नतिजा एक महिनाभित्र

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबार देखि सुरु हुँदैछ। पहिलोपटक उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र मै परीक्षण गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३ दिन भित्रै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाएको छ।

उत्तरपुस्तिका परीक्षा केन्द्र मै परीक्षण हुने, सम्भव नभएमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा लगेर परीक्षण गरिनेछ। परीक्षा केन्द्रमै वा इकाईमा परीक्षण गर्ने निर्णय सम्बन्धित इकाईलाई दिइएको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने निर्देशन दिइसकेका छन्। विगतमा नतिजा असारको दोस्रो सातासम्म सार्वजनिक हुने गरेको थियो।

देशभरका सबै परीक्षा केन्द्रमा बिहान ८ बजे परीक्षा सुरु हुनेछ। परीक्षा १९-२९ चैतसम्म चल्नेछ भने यस वर्ष कुल ५,१२,४२१ विद्यार्थी परीक्षा दिनेछन्

सेयर गर्नुहोस् :