समाचार

श्रम स्वीकृतिमा टोकन प्रणाली खारेज, अब आवेदनकै दिन स्वीकृति

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि लागू हुँदै आएको टोकन प्रणाली खारेज गरेको छ।

मन्त्रालयले नयाँ व्यवस्था लागू गर्दै अब वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले आवेदन दिएको दिनमै श्रम स्वीकृति पाउने व्यवस्था सुरु गरेको जनाएको छ।

यसअघि श्रम स्वीकृतिका लागि टोकन लिनुपर्ने र त्यसका लागि लामो समय कुर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थासँगै उक्त झन्झट हटेको र सेवा प्रवाह छिटो तथा सहज हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रणाली सुधारसँगै सेवा डिजिटल र पारदर्शी बनाउने लक्ष्य राखिएको छ। यसले वैदेशिक रोजगारी प्रक्रियामा हुने ढिलाइ, भीडभाड र बिचौलियाको प्रभाव कम हुने विश्वास गरिएको छ।

सेयर गर्नुहोस् :