समाचार

पोखरा फेवाताल जग्गा विवाद: गृहमन्त्री गुरुङले न्याय खोज्ने तयारी

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले फेवाताल किनारमा लिजमा लिएका जग्गा सम्बन्धी विवादमा आफू ठगिएको दाबी गर्दै कानुनी प्रक्रियामा अघि बढ्ने बताएका छन्।

मन्त्री गुरुङ र उनका दुई साझेदारले “एड्भेन्चर स्पोर्ट्स नेपाल” सञ्चालनका लागि उक्त जग्गा लिएका थिए। उनले भने जग्गा मापदण्ड भन्दा बाहिर रहेको झुक्याएर लिजमा दिइएको थियो। तर पछि पोखरा महानगरपालिका बाट प्राप्त जानकारी अनुसार जग्गा मापदण्ड भित्र पर्ने रहेछ।

अतिक्रमित जग्गामा बनाइएका संरचना भत्काउने काम सुरु भए पछि मन्त्री गुरुङले स्पष्ट पारे, “हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाए। तर पछि नगरपालिकाबाट बुझ्दा त्यो मापदण्ड भित्र पर्ने रहेछ।”

अतिक्रमित जग्गा सम्बन्धी तथ्य लुकाई झुक्याएर लिजमा दिइएको हुँदा आफू सहित साझेदार ठगिएका हुन्। यस्तो जानकारी पाएपछि उनले निर्माण कार्य र लगानी रोकिएको बताएका छन्।

मन्त्री गुरुङले भने, “हामीलाई पर्न गएको अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँछु।”

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :