काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलका मुख्य सचेतक तथा सचेतकहरूको मनोनयन गरेको छ।
पार्टीका महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकमा मनोनित गरिएको छ।
त्यस्तै, संसदीय दलको बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा चयन गरेको हो।





