काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
मनोनीत हुनेमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भक्तबहादुर राई र भूपदेव शाह रहेका छन्।
रास्वपाको विधान अनुसार ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने व्यवस्था भए पनि शुक्रबारको बैठकले ९ जनाको मात्रै मनोनयन गरेको छ।
पार्टीले बाँकी केन्द्रीय सदस्यको मनोनयन पनि क्रमशः गर्दै जाने तयारी गरेको जनाएको छ।




