काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट महासचिवसहित ९ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन्।
पार्टीबाट अलगिएका नेताहरूले पछिल्लो राजनीतिक परिस्थितिले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको बताएका छन्।
उनीहरूले जारी गरेको विज्ञप्तिमा विभिन्न संघर्ष तथा आन्दोलन भए पनि जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको उल्लेख गर्दै नेपालको मौलिक परिस्थितिअनुसार बलियो अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अर्थ–राजनीतिक बाटो आवश्यक रहेको बताएका छन्।
अलगिएका नेताहरूले सामाजिक–सांस्कृतिक चेतना विकासका लागि अभियान सञ्चालन गर्ने, राजनीतिक चेतनाका लागि संघर्ष गर्ने तथा आर्थिक चेतनाका लागि ‘विद्रोहको तयारी’ गर्ने बताएका छन्।
उनीहरूले अब ‘हुंकार मधेश अभियान’ सँगको यात्रालाई अघि बढाउने जनाएका छन्।




