काठमाडौँ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्धविराम अस्वीकार गरेर शान्ति प्रक्रियालाई जटिल बनाइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्स मा लेख्दै उनले भने, “युद्धविरामको लागि धेरै देशले आह्वान गरेका छन्, तर रुसले सुन्ने मनस्थिति नै देखाएको छैन। मान्छे मार्ने काम कहिले रोकिने भन्ने उसले अझै निर्णय गरेको छैन।” यसैबीच जेलेन्स्की सोमबार वाशिङ्टन डिसी पुग्दैछन्। […]
तेहरान। अमेरिका र इजरायलले शनिबार इरानमा गरेको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सहित थुप्रै वरिष्ठ इरानी अधिकारीहरूको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले दाबी गरेका छन्। राजधानी तेहरान स्थित कार्यालयमै खामेनेई मारिएको जनाइएको छ। आक्रमणमा सशस्त्र बलका प्रमुख अब्दोलरहीम मौसवी र इस्लामिक रिभोल्युशनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर पनि मारिएको बताइएको छ। सरकारी स्रोत […]
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई समर्थन गर्दै २०२२ मा ट्रम्प सत्तामा रहे युद्ध नै नहुने बताएका छन्। अलास्कामा ट्रम्पसँग झन्डै तीन घण्टा लामो वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने, “राष्ट्रपति ट्रम्पको भनाइलाई समर्थन गर्छु। यदि २०२२ मा अमेरिकामा ट्रम्प नै सत्तामा हुनुहुन्थ्यो भने रूसले युक्रेनमा आक्रमण गर्ने थिएन।” ट्रम्पको पुरानो दाबी […]