नयाँ दिल्ली : भारतले बुधबार आफ्नो ७६ औँ संविधान दिवस मनाउँदै संविधानको नेपाली भाषामा अनुवादित प्रति सार्वजनिक गरेको छ।
विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले नेपाली सहित मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमिया गरी ९ भाषामा संविधानको अनुवाद जारी गरेकी छन्।





