काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता गर्ने समझदारी बनेको छ। दुई पार्टीका उच्चस्तरीय नेताहरू बीच भएको संवादपछि सहमति जुटेको रास्वपाका नेता तथा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिएका छन्।
खनालका अनुसार दुवै पार्टीले एकता प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरिसकेका छन्। एकता सम्बन्धी औपचारिक घोषणा आगामी आइतबार राष्ट्रिय सभागृहमा हुनेछ।




