काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भएको भेटवार्ताबारे प्रष्टीकरण दिएका छन्। मंगलबार चितवन अदालतमा तारेख लिन पुगेका क्रममा उनले सञ्चारकर्मीलाई भेटवार्ता देशमा परिवर्तन चाहने नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयासको हिस्सा भएको बताएका छन।
संचार माध्यममा आएको बालेन शाहलाई प्रधानमन्त्रीको साझा उम्मेदवारबारे चर्चा अहिले नै अघि नबढेको बताएका छन। अहिले नै निष्कर्षमा पुग्ने चरण नभई प्रारम्भिक संवाद मात्रै सुरु भएको हो। उनले पहिला आपसी कुराकानी, विचार र परिस्थितिको बुझाइ आवश्यक रहेको स्पष्ट पारे। साथै, बालेन शाहबाहेक अन्य शक्तिहरूसँग पनि संवाद जारी रहेको जानकारी दिएका छन।




