काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। सहमति अनुसार रवि लामिछाने रास्वपाको केन्द्रीय सभापति रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ।
सहमतिमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, बहुलवादी लोकतन्त्र र सुशासनप्रति प्रतिबद्धता जनाइएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले उठाएका आन्दोलनका आवाज, विशेष गरी जेनजी आन्दोलनलगायत विभिन्न जनआन्दोलनका मागलाई संस्थागत रूपमा अघि बढाइने उल्लेख छ।
बृहत् एकतापछि पार्टी संगठनलाई अझ सक्षम, फराकिलो र समावेशी बनाइने, योग्य युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने सहमति भएको छ। साथै, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग सहकार्यको आह्वान गर्ने निर्णय पनि गरिएको छ।
यस्तो छ सात बुँदे सहमति





