काठमाडौँ। उज्यालो नेपाल पार्टीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई समेटेर गरिएको एकताको प्रस्ताव अस्वीकार गरेको छ।
रास्वपाको प्रस्तावमा पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री सबै उतैतिर केन्द्रित हुँदा उज्यालो पार्टीको अस्तित्व समाप्त हुने निष्कर्ष निकालिएको हो। कुलमान घिसिङले एकता विन–विन र सहअस्तित्वमा आधारित हुनुपर्ने धारणा राखेका थिए। उज्यालो पार्टीले पार्टीको नाम र चिह्न आफ्नो रहेमा आफूहरू सभापतिदेखि प्रधानमन्त्रीसम्म छोड्न तयार रहेको बताउँदै शक्ति साझेदारीमा पुनर्विचार मागेको छ।





