काठमाडौ। सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले उसको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा सुरक्षा कारण देखाउँदै बंगलादेशले टिम पठाउन अस्वीकार गरे पछि आइसिसीले बहुमतका आधारमा यो निर्णय गरेको हो।
भारतीय आईपीएल टोली कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमान रिलिज गर्न बिसिसिआईले निर्देशन दिए पछि भारत र बंगलादेशमो सम्बन्ध बिग्रिएको हो। बंगलादेशले आफ्ना खेल श्रीलंकामा सार्न आइसिसीलाई आग्रह गरे पनि प्रतियोगिता सुरु हुन कम समय बाँकी रहेको र भारतमा गम्भीर सुरक्षा जोखिम नरहेको जनाएको छ।
यससँगै समूह ‘सी’ मा रहेको नेपालले अब बंगलादेशको सट्टा फागुन ५ मा मुम्बईमा स्कटल्यान्डसँग खेल्नेछ। बंगलादेशले भने आइसिसीको निर्णय विरुद्ध विवाद समाधान समितिमा जाने जनाएको छ।





