राजनीति

सुहाङले समर्थक नपाएपछि एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौ। नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।

बुधबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो। एमाले संसदीय दलमा नेता पदका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावक नपाएपछि बादल निर्विरोध निर्वाचित घोषणा भएका हुन।

सुहाङले नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै दलको नेतामा दाबी गरेका थिए तर संसदीय दलमा उनी एक्लै परेका थिए। प्रतिनिधिसभामा एमालेका २५ सांसद रहेका छन्।

सेयर गर्नुहोस् :