समाचार

संसद्‌को पहिलो बैठक आज: शीर्ष नेताहरूले सम्बोधन गर्ने, को को बोल्दै छन ?

काठमाडौँ। संघीय संसद्‌ अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले बैठकमा सम्बोधन गर्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले धारणा राख्नेछन्।

त्यसैगरी नेकपा एमाले का नेता रामबहादुर थापा र नेकपाका नेता वर्षमान पुन ले पनि सम्बोधन गर्नेछन्। अन्य दलतर्फ श्रम संस्कृति पार्टी का हर्क साम्पाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानबहादुर शाही तथा स्वतन्त्र सांसद महावीर पुन ले पनि आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

समय व्यवस्थापन अनुसार लामिछानेले २५ मिनेट बोल्नेछन् जबकि अन्य नेताहरूलाई ७ देखि १० मिनेटसम्मको समय निर्धारण गरिएको छ।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेको छ। साथै, सरकारले ल्याएका विभिन्न अध्यादेशहरू पनि सदनमा पेस गरिने जनाइएको छ।

सेयर गर्नुहोस् :