समाचार

भृकुटीमण्डपमा ताला: २० संस्था बक्यौतादार, रिपोर्टर्स क्लबको ७३ लाख बाँकी

काठमाडौं। समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्रका संरचना भाडामा लिएर लामो समयदेखि बक्यौता नतिर्ने संघ संस्था तथा व्यावसायिक स्टलहरूमा ताला लगाएको छ।

सोमबार प्रधानमन्त्री कार्यालय र महिला तथा बालबालिका मन्त्रालयको निर्देशनपछि परिषद्ले करिब २० संघ संस्था तथा केही व्यवसायिक स्टलमा ताला लगाएको जनाएको छ। परिषद्का सदस्य सचिव सरोजकुमार शर्माका अनुसार ती संस्थाबाट हाल सम्म ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ।

बक्यौता नतिर्ने संस्थामध्ये सञ्चारकर्मी ऋषि धमलाको नेतृत्वमा रहेको रिपोर्टर्स क्लब पनि परेको छ। उक्त संस्थाले ७३ लाख ४० हजार ९०१ रुपैयाँ ७५ पैसा तिर्न बाँकी रहेको परिषद्ले जनाएको छ।

त्यस्तै, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पनि बक्यौतादारको सूचीमा परेको छ। परिषद्का अनुसार अनेरास्ववियु २०७७ साल देखि बिना निवेदन र सम्झौता भृकुटीमण्डप क्षेत्रमा बस्दै आएको र हालसम्म कुनै भाडा नबुझाएको उल्लेख गरिएको छ।

यसैगरी, बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालले ८९ लाख ९० हजार ७४६ रुपैयाँ तिर्न बाँकी छ महासंघ नेपालले २०६३ साल देखि भाडा नबुझाएको जनाइएको छ।

अन्य बक्यौतादार संस्थाहरूमा राष्ट्रिय अपांग महासंघ, राष्ट्रिय फोटो पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ लगायत रहेका छन्, जसले लामो समयदेखि स्टल प्रयोग गरे पनि भाडा बुझाएको छैनन्।

भाडा नबुझाउनेहरूको सूची यस्तो छः

सेयर गर्नुहोस् :