काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि कार्की नेतृत्वको मन्त्रिपरिषद् चार सदस्यीय भएको छ। कार्यविभाजन अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ […]
समाचार
फागुनको निर्वाचनका लागि मतदाता नामावली दर्ता जारी
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली दर्ता अझै खुला रहेको स्पष्ट पारेको छ। निर्वाचन मिति घोषणा भइसकेको भए पनि, मतदानका लागि योग्य नयाँ मतदाताहरूले नामावली दर्ता गराउन सक्ने आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने तथा कम्तिमा […]
काठमाण्डौंमा सोमबार देखि विद्यालय सञ्चालन हुँदै,
काठमाडौं : काठमाडौँ महानगरपालिकाले सोमबार (३० भदौ) बाट नगरभित्रका सबै विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ। जेनजी आन्दोलनका कारण २३ र २४ भदौमा बन्द भएका विद्यालयहरू अब नियमित पठनपाठनमा फर्कने भएका हुन्। महानगरपालिकाले विद्यालयहरूमा भौतिक उपस्थिति आवश्यक रहेको भन्दै शिक्षक तथा कर्मचारीहरूलाई आइतबार (२९ भदौ) देखि नै विद्यालयमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको […]
जेन- जि को अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक संकट थप गहिरिँदै गएको अवस्थामा जेन–जी आन्दोलनले नयाँ राजनीतिक विकल्प अघि सारेको छ। युवाहरूले अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सक्षम युवा नेतृत्व आवश्यक भएको स्पष्ट पारेका छन्।सोमबार सुरु भएको आन्दोलनमा १९ जना किशोरकिशोरीले ज्यान गुमाएपछि मंगलबार देशका विभिन्न भागमा हिंसा, आगजनी र तोडफोड मच्चियो। यसैबीच राष्ट्रपति रामचन्द्र […]
आगजनीले सर्वोच्च अदालतको सम्पूर्ण डाटा सेन्टर ध्वस्त, २४ हजार मुद्दा खरानी
काठमाडौँ: मंगलबारको प्रदर्शन हिंसात्मक मोड लिँदै सर्वोच्च अदालत समेत निशानामा परेपछि न्यायिक प्रणाली नै संकटमा परेको छ। अदालतको अभिलेख शाखा र डाटा सेन्टरमा भएको आगजनीका कारण करिब २४ हजारभन्दा बढी मुद्दाका फाइलहरू पूर्ण रूपमा नष्ट भएका छन्। सर्वोच्च अदालतका अधिकारीहरूको अनुसार, अदालतले पछिल्ला वर्षहरूमा डिजिटलाइजेशनको दिशा लिएको थियो। अनलाइनबाटै मुद्दा दर्ता र पेशी तोक्ने प्रणाली […]
सर्वोच्च अदालत खरानी केही पनि बाँकी छैन
काठमाडौं : जेन-जी प्रदर्शनकारीको आक्रमणपछि सर्वोच्च अदालत पूर्ण रूपमा ध्वस्त बनेको छ । अदालतको मुख्य भवनदेखि एनेक्स भवनसम्म आगजनी हुँदा दशकौंको अभिलेख, पुराना फैसला सहित डिजिटल डाटासेन्टर समेत खरानी भएको छ । प्रत्यक्षदर्शीका अनुसार, प्रदर्शनकारीहरूले मुद्दासम्बन्धी कागजातहरू संकलन गरेर थुपार्दै आगो दन्काए । डाटासेन्टर र अभिलेख शाखा जले पछि सर्वोच्च अदालतको वेबसाइट ‘डाउन’ भएको छ […]
सिंहदरबार अझै आगोमै, मन्त्रालयहरू ध्वस्त
काठमाडौं : जेन-जी प्रदर्शनकारीको भीषण आक्रमणपछि सिंहदरबार भित्र अहिले पनि आगो बलिरहेको छ । प्रारम्भिक विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित दर्जनौं मन्त्रालयहरू जलेर ध्वस्त भएका छन् । सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री कार्यालयमा अझै आगो दन्किरहेको सुरक्षाकर्मीहरूले बताएका छन् । गृह, ऊर्जा, शिक्षा, परराष्ट्रलगायतका मन्त्रालयहरूमा पनि व्यापक क्षति पुगेको छ । प्रदर्शनकारीहरूले सिंहदरबारभित्र रहेका अधिकांश […]
अछाममा असोज ५ देखि “अछाम च्याम्पियन्स ट्रफी २०८२” सुरु हुने
अछाम, (साँफेबगर )साँफेबगर युवा युनाइटेड क्लब, अछामको आयोजनामा हुन लागेको “अछाम च्याम्पियन्स ट्रफी २०८२” यही असोज ५ गतेदेखि रिडीकोट क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुने भएको छ । उद्घाटन समारोहमा विशेष अतिथिहरूको उपस्थितिमा प्रतियोगिताको सुरुवात गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी टोलीहरूलाई बैद्यनाथ पूल, रामारोशन पूल र खप्तड पूल गरी तीन समूहमा विभाजन […]
अछाममा असोज ५ देखि “अछाम च्याम्पियन्स ट्रफी २०८२” सुरु हुने
अछाम, (साँफेबगर) : साँफेबगर युवा युनाइटेड क्लब, अछामको आयोजनामा हुन लागेको “अछाम च्याम्पियन्स ट्रफी २०८२” यही असोज ५ गतेदेखि रिडीकोट क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुने भएको छ । उद्घाटन समारोहमा विशेष अतिथिहरूको उपस्थितिमा प्रतियोगिताको सुरुवात गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी टोलीहरूलाई बैद्यनाथ पूल, रामारोशन पूल र खप्तड पूल गरी तीन समूहमा […]
सरकारी कर्मचारी अब दलीय पेसागत संगठनमा रहने बाटो खुला
काठमाडौं : संघीय संसदले पारित गरेको संघीय निजामती सेवा विधेयकले अब सरकारी कर्मचारीलाई दलीय पेसागत संगठनमा रहने अधिकार दिएको छ। प्रतिनिधिसभाबाट गत १५ असारमा पारित भइसकेको विधेयक मंगलबार राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो बाटो खुलेको हो। सुरुमा सरकारले विधेयक मार्फत कर्मचारीलाई पेसागत संगठनमै रहन नपाउने व्यवस्था प्रस्ताव गरेको थियो। तर राष्ट्रिय सभाले दफा ७७ […]










