समाचार

समाचार

जाँचबुझ आयोगलाई ओलीले दिए लिखित बयान

काठमाडौ। भदौ २३ र २४ को घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ। आयोगको टोली पत्र र प्रश्नसहित गुण्डुस्थित ओली निवास पुगेर लिखित जवाफ संकलन गरी फर्किएको हो। यसअघि आयोगलाई नमान्ने अभिव्यक्ति दिँदै आएका ओलीले अन्ततः बयान प्रक्रिया पूरा गरेका छन्। आयोगले यसअघि […]

खेलकुद

महिला टी-२० विश्वकप छनोटका लागि नेपालको टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर २०२६ का लागि इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ। जनवरी १२ देखि फेब्रुअरी १ सम्म त्रिवि क्रिकेट स्टेडियम र मूलपानी मैदानमा हुने प्रतियोगितामा नेपाल सहित १० टोली सहभागी हुनेछन्। प्रतियोगिताबाट शीर्ष चार टोलीले आगामी टी–२० विश्वकपमा स्थान बनाउनेछन् घोषणा […]

समाचार

बाजुराको बुढीगंगा नगरपालिकामा भ्रष्टाचार प्रकरण, मेयर सहित १४ जनाविरुद्ध मुद्दा दर्ता

बाजुरा। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा दर्ता हुनेमा तत्कालीन मेयर दीपकविक्रम शाह, तत्कालीन प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी, भिमराज गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, […]

राजनीति

कानुनविद्हरूसँग महामन्त्रीद्वय गगन-विश्व-विशेष महाधिवेशनको माग बेवारिसे हुन दिदैनौ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रले नबोलाए पनि विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने स्पष्ट पारेका छन्। कानुनविद्हरूसँगको छलफलमा उनीहरूले विधान अनुसार आवश्यक हस्ताक्षर सहित माग दर्ता भएपछि विशेष महाधिवेशन बाध्यकारी हुने बताए। केन्द्रले आफैं बोलाउनु पर्ने प्रयास जारी रहने तर नबोलाए विधान र कानुनअनुसार अघि बढ्ने उनीहरूको भनाइ छ। कानुनविद्हरूले […]

राजनीति

निर्वाचन बहिष्कार गर्ने ६ कम्युनिस्ट पार्टीको निर्णय

काठमाडौँ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने निर्णय गरेका छन्। कुपोन्डोलमा बसेको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई जनविरोधी र कठपुतली भन्दै सरकार विघटनको माग गरेको छ। साथै, स्वाधीन संयुक्त जनसरकार गठन र जनसंविधानका लागि संघर्ष अघि बढाउने घोषणा गरिएको छ।

समाचार

रास्वपासँग एकता सहमति गरेका उज्यालो पार्टीका नेता छुट्टै समानुपातिक सूची लिएर निर्वाचन आयोगमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने सहमति गरिसकेको उज्यालो पार्टी नेपालका शीर्ष नेता नै छुट्टै समानुपातिक उम्मेदवारको बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका छन्। आयोग स्रोतका अनुसार शुक्रबार दिउँसो उज्यालो पार्टी नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय एक जना केन्द्रीय सदस्यसहित आयोग पुगेका थिए। उनीहरूले ११० जनाको समानुपातिक बन्दसूची पेश गर्न पाउनुपर्ने माग राखे पनि समयसीमा […]

राजनीति

यी हुन् एमालेका ११० जना समानुपातिक उम्मेदवार

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । पहिले नै आयोगमा सूची बुझाइसके पनि एमालेले उक्त सूची बुधबार साँझ मात्र सार्वजनिक गरेको हो । हेर्नुहोस् सूची खस–आर्य1. पद्मा अर्याल2. टुकाभद्रा हमाल3. निरुदेवी पाल4. कोमल वली5. नर्वदादेवी सिवाकोटी6. एञ्जिला थापा7. मेनुका काफ्ले8. […]

समाचार

लिचीबारी घुस प्रकरणमा एमालेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

काठमाडौँ। लिचीबारी घुस प्रकरणमा नेकपा एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ। अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासले बयानपछि उनलाई थुनामै राखी मुद्दा अघि बढाउन निर्देशन दिएको हो। पोखराको लिचीबारी जग्गासम्बन्धी अदालतको फैसला कार्यान्वयन प्रक्रियामा घुसको डिल भएको अडियो सार्वजनिक भएपछि गुप्ता बुधबार थुनछेक बहसका लागि अदालतमा उपस्थित भएका थिए।

समाचार

निर्वाचन खर्च सार्वजनिक नगरेकै भरमा उम्मेदवारी रद्द हुन्छ ?

काठमाडौँ। निर्वाचन आयोग र दलका उम्मेदवारसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस विज्ञप्ति

खेलकुद

आइसीसी टी–२० विश्वकपको ट्रफी सोमबार नेपाल आइपुग्ने

काठमाडौं।आइसीसी टी–२० विश्वकप २०२६ को ट्रफी आगामी जनवरी ५ नेपाल आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी दुई दिनसम्म नेपालमा रहने छ। क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा जनवरी ५ देखि ७ सम्म ट्रफीलाई नेपालका विभिन्न स्थानमा लैजाने कार्यक्रम रहेको जनाएको छ। आइसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ।