समाचार

खेलकुद

लगातार दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

काठमाडौं : अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो अभ्यास खेलमा समेत पराजित भएको छ। आज भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो।  पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्‍यो। जवाफमा नेपालले २० ओभर खेल्दा ९ विकेट गुमाएर […]

समाचार

जडीबुटी कम्पनीको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

काठमाडौँ :वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। महाप्रबन्धक नियुक्तिका लागि गठित छनोट समितिले बिहीबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई अबको १५ दिनभित्र दरखास्त पेश गर्न आमन्त्रण गरेको छ।

समाचार

डडेल्धुरा जीप दुर्घटना : सबै मृतक र घाइतेको सनाखत परिचय खुल्यो

डडेल्धुरा :नवदुर्गा गाउँपालिका–५, चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत भएको छ। ज्यान गुमाउनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्। दुर्घटनामा घाइते हुनेमा १८ वर्षीया सुशिला बिक, ४ वर्षीय प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र चालक ३५ […]

समाचार

डडेल्धुरा जिप दुर्घटना : चार जनाको मृत्यु, चार घाइते

डडेल्धुरा : डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडक खण्डमा से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल जंगलमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिल्ला प्रहरी कार्यालयको टोली […]

समाचार

निरन्तर वर्षासँगै बढ्यो बाढीको जोखिम, ५१ जिल्लामा सतर्कता

काठमाडौँ : लगातार सक्रिय भएको मनसुनका कारण देशभर बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार ५१ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली सहितका ठूला नदी र तिनका सहायक नदीहरूको बहाव अहिले सतर्कता तहभन्दा तल छ। तर, वर्षा निरन्तर भइरहेकाले नदीहरूको पानीस्तर तीव्र गतिमा बढ्ने सम्भावना रहेको […]

समाचार

ऐन महर हाजिर जमानीमा रिहा

काठमाडौँ : नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हाजिर जमानीमा रिहा गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भए पनि महर प्रहरीसमक्ष स्वेच्छिक रूपमा उपस्थित भएकाले हाजिर जमानीमा छाड्ने निर्णय गरिएको जानकारी दिएका छन्। यसअघि एक महिलाले महरविरुद्ध साइबर ब्युरोमा […]

समाचार

इम्बोस्ड नम्बर प्लेट नेपालीमै राख्नुपर्छ : नेपाली लेखक संघ

काठमाडौं : नेपाली लेखक संघले नेपालभित्र दर्ता भएका सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने सरकारी निर्णयको विरोध गर्दै नेपाली भाषामा नै राख्नुपर्ने माग गरेको छ। बुधबार जारी विज्ञप्तिमा संघका अध्यक्ष वियोगी बुढाथोकीले अंग्रेजी नम्बर प्लेट प्रयोग गर्नु नेपाली भाषाको अवमूल्यन भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपालभित्र दर्ता भएका सवारीसाधनमा इम्बोस्ड […]

समाचार

बैतडीमा जीप दुर्घटना, १२ घाइते, ३ जनाको अवस्था गम्भीर

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका -४ शाहीलेक नजिक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से१ज २४५ नम्बरको जीप बुधबार दिउँसो करिब २ बजे शाहीलेक पुग्नुअघि ईश्वरीगंगा जाने बाटोमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार […]

राजनीति

माओवादीलाई विश्वास नगरे देश बन्दैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीलाई विश्वास नगरे मुलुक ठूलो संकटमा पर्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२ लाई सम्बोधन गर्दै उनले माओवादीको योगदानलाई बेवास्ता गरेर देशलाई अघि बढाउन सकिँदैन भन्दै चेतावनी दिएका हुन्। ‘यो परिवर्तन माओवादीले ल्याएको हो। त्यसैले पाठ्यक्रमदेखि […]

समाचार

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान गर्नुपर्ने मागसहित अख्तियारमै उजुरी दर्ता भएको छ। सिन्धुली कमलामाई नगरपालिका–६ का युवराज पौडेलले राईविरुद्ध दर्ता गराएको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको हो। पौडेलले वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण तथा नक्कली भुटानी शरणार्थी काण्डका आरोपीहरूले राईको गाडीमा पैसा हालिदिएको विषयमा […]