काठमाडौं :मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलले उपसभामुख इन्दिरा रानासँग सम्बन्धित संस्थाबाट नेपाल बाल मन्दिरका बालबालिकाको विवरण मागेको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ‘बन्दी सहायता नेपाल’सँग बालबालिकाको अवस्थाबारे जानकारी माग्दै पत्राचार गरिएको र सो संस्थाबाट जवाफ समेत प्राप्त भएको छ। उनले भने, “हामीले अनुसन्धानका क्रममा पत्राचार गरेका थियौँ। सो संस्थाले पनि अभिभावकको सहमति […]
समाचार
३१ महिनापछि आदिल आलमको राष्ट्रिय टोलीमा पुनरागमन
स्पट फिक्सिङ’ प्रकरणमा संलग्न भएको आरोप लागेपछि ३१ महिनासम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका अलराउण्डर महमद आदिल आलम (आदिल अन्सारी) अन्ततः राष्ट्रिय टोलीमा पुनरागमन गर्न लागेका छन्। भारतको गुवाहटीमा आसामविरुद्ध हुने टी–२० सिरिजमार्फत आदिलले पुनः राष्ट्रिय जर्सीमा फिर्ता हुने भएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार घोषणा गरेको १६ सदस्यीय नेपाल ‘ए’ टोलीमा बाराको सिम्रौनगढ घर […]
सूर्यदर्शन सहकारी ठगी : जीबी राईका जेठान बमजन १० लाख धरौटीमा रिहा
पोखरा : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न ठहर गरिएका सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरकुमार राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बमजन सहकारीका प्रमुख अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईका जेठान समेत हुन्। प्रहरी अनुसन्धानले सहकारीमा करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको […]
तीज तयारी : पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइनकाे व्यवस्था
काठमाडौँ : हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाका लागि व्यवस्थापन पूरा गरिएको छ। पशुपति क्षेत्र विकास कोषले बाहिरी क्षेत्रमा चार लाइन र भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी दर्शनको सुविधा मिलाउने निर्णय गरेको छ। पशुपति क्षेत्रमा तीज तयारीबारे आइतबार पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो। उनले भने, “चर्को घाममा लामो समय […]
प्रधानमन्त्रीको विश्वास मत विवाद : सर्वोच्चले व्याख्या गर्न उठाएका चार संवैधानिक प्रश्न
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने वा नलिनुपर्ने विषयमा सर्वोच्च अदालतले चार संवैधानिक प्रश्न सार्वजनिक गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अधिवक्ता वीरेन्द्र केसीलगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गम्भीर व्याख्या आवश्यक रहेको ठहर गरेको हो। रिट निवेदनमा जसपाले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिए सरकार वैधानिक रहँदैन […]
गेटामा एमबीबीएस पढाइ सुरु नभएसम्म आन्दोलन रोकिँदैन
धनगढी : गेटामा मेडिकल कलेज सञ्चालन र एमबीबीएसको पढाइ सुरु नभएसम्म संघर्ष समितिले आफ्नो आन्दोलन स्थगित नगर्ने जनाएको छ। समितिले भौतिक पूर्वाधार निर्माण भइसकेको र विश्वविद्यालय ऐन अनुसार पदाधिकारी नियुक्त गरी कम्तिमा ३०० शय्याको अस्पताल सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ। ६ सय शय्याको क्षमता भएको अस्पताल भवनमा हाल ५० शय्या मात्र सञ्चालन भएपछि सुदूरपश्चिमका […]
संविधानको दशक उत्सवका रूपमा मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
काठमाडौँ : नेपालको संविधान घोषणाको १० वर्षको अवसरमा भव्य उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको छ। २०७२ असोज ३ गते जारी भएको संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानीको प्रतिफल हो। यस वर्ष संविधानको दसौं वार्षिकोत्सवमा नेपाल सरकारले विशेष कार्यक्रम आयोजना गर्ने […]
भारी वर्षाले त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध
काठमाडौं : राजधानी उपत्यकामा परेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ। विमानस्थलका महानिर्देशक हंसराज पाण्डेका अनुसार वर्षाको तीव्रताले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा असर परेको छ।“आज वर्षा असाध्यै भयो। उडान अवरुद्ध हुने, सञ्चालन हुने भइरहेको छ। दुई पटक जहाजहरूलाई आकाशमै होल्ड गर्नुपरेको छ,” उनले जानकारी दिए। विदेशबाट काठमाडौं आउँदै गरेका […]
पाकिस्तान शाहीन्ससँग थोरै अन्तरको हार, नेपाल लिग चरणमै बाहिर
काठमाडौं :अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी -२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। १४५ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्रै जोड्न सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५२ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रनको संघर्षपूर्ण […]
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन सबै नागरिकले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीमा भइरहेका विकास निर्माणका काम र आगामी योजनाबारे जानकारी दिँदै सकारात्मक सोच र कर्मठ प्रयासमार्फत मात्रै मुलुकले प्रगति गर्ने बताएका हुन् । […]










