काठमाडौ। नेकपा एमालेले समानुपातिक तर्फका सांसदहरूको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीले बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्ये बाट विभिन्न क्लस्टरका आधारमा नाम छनोट गरेको जनाएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार आदिवासी/जनजाति क्लस्टर बाट चार […]
समाचार
समानुपातिक तर्फ पनि रास्वपाको दबदबा, ५७ सीट, अरुको के कति ?
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणाली तर्फ दलहरूले पाउने सीट सङ्ख्या सार्वजनिक गरेको छ। कुल सदर मत मध्ये तीन प्रतिशत थ्रेसहोल्ड कटाएका छ वटा दल बीच ११० सीट बाँडफाँट गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले ५१ लाख ८३ हजारभन्दा बढी मत […]
धनुषा-१ का उम्मेदवार किशोरी साहको पक्षमा सर्वोच्चको आदेश
काठमाडौ। सर्वोच्च अदालतले किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। कर्जा सूचना केन्द्र ले कालोसूचीमा राखेपछि निर्वाचन आयोग नेपाल ले धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको थियो। अदालतको आदेशपछि उनको उम्मेदवारी कायम रहने बाटो खुलेको छ। तर त्यो क्षेत्रमा भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मात्रिका यादव निर्वाचित भइसकेका […]
रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण, १० लाखभन्दा कम खर्च
काठमाडौ। चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले चुनावमा कुल ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको बताएका छन्। उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको […]
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य
काठमाडौँ। काठमाडौ स्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। गोलभेँडा ठूलो (भारतीय) रु ७०, गोलभेँडा सानो (लोकल) रु ४५, आलु रातो रु २२ र प्याज सुकेको (भारतीय) रु ३६ प्रतिकिलो तोकिएको छ। त्यसैगरी गाजर (लोकल) रु ५०, बन्दा (लोकल) रु ३५, काउली रु ३५, सेतो […]
सुदूरपश्चिममा रास्वपाको उदय : समानुपातिक मतमा पहिलो शक्ति
धनगढी। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फ पनि पहिलो शक्ति बनेको छ। यसपटक प्रदेशका मतदाताले नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपालाई पहिलो रोजाइ दिएको देखिएको छ। समानुपातिक मतको तथ्यांकअनुसार रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दै प्रदेश मै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेस १ लाख […]
रवि लामिछाने र बालेन शाहसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन वार्ता
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्। मोदीले सामाजिक सञ्जाल मार्फत आफूले लामिछाने र शाहसँग छुट्टाछुट्टै संवाद गरेको जानकारी दिएका हुन्। उनले नेपालमा सम्पन्न हालैको निर्वाचनमा लामिछानेको विजय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय सफलता प्रति बधाई व्यक्त गरेका छन्। वार्ताका क्रममा मोदीले दुवै नेतालाई नयाँ सरकार गठनका […]
झापा-५ बाट निर्वाचित बालेन शाहले बुझाए चुनावी खर्च विवरण
काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्। आयोगमा बुझाइएको विवरण अनुसार साहले सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ खर्च गरेका छन् भने हवाई भाडामा ३५ हजार रुपैयाँ […]
चितवन-२ र झापा-५ मा कांग्रेस-एमाले चुनावी तालमेलको खुलासा
चितवन। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन-२ र झापा-५ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको तथ्य बाहिर आएको छ। दुवै क्षेत्रमा एक अर्कालाई सघाउने गरी सहमति भएको स्रोतले जनाएको छ। झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा थिए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाहसँग कडा प्रतिस्पर्धा देखिएका थिए। प्रारम्भिक विश्लेषणमा […]
भारतले दियो निर्वाचन सफलतामा नेपाललाई बधाई
काठमाडौं। नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले नेपाललाई बधाई दिएको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको हो। विज्ञप्तिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई तथा लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउने नेपाली मतदातालाई […]











