समाचार

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, अब संसदमा पेश हुने

काठमाडौं : विद्यालय शिक्षा विधेयक अन्ततः संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले लामो विवादपछि विधेयक अनुमोदन गरेको हो।

यसअघि विधेयकमा समावेश प्रावधानलाई लिएर सरोकारवालाहरूबीच असहमति कायम हुँदा पारित प्रक्रिया अड्किएको थियो। समितिले पटकपटक उपसमिति गठन गरी प्रतिवेदनसमेत तयार पारे पनि सहमति जुट्न नसकेर विधेयक अघि बढ्न सकेको थिएन।

यद्यपि, अन्ततः सहमति जुटेपछि समितिले विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा प्रस्तुत गरिनेछ।

यसैबीच, विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरु गरेका छन्। उनीहरूले शिक्षा विधेयकले निजी क्षेत्रलाई प्रतिकूल असर पार्ने दाबी गर्दै विरोधका कार्यक्रम अघि सारेका छन्।

सेयर गर्नुहोस् :